टिकटक बन्द गर्ने सरकारी निर्णय समाधान होइन : मेयर बालेन
वि.सं.२०८० कात्तिक २८ मंगलवार १४:०६
shares

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले टिकटक बन्द गर्ने सरकारी निर्णय समाधान नभएको बताएका छन् । शाहले मर्यादित टिकटक चलाउन पाइने अपेक्षा सरकारसँग गरेका छन् । टिकटक मात्र नभई अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन , नियममा ल्याउन सरकारी प्रयासको आग्रह गरेका छन् । करको दायरामा ल्याएर गलत गर्नलाई सेन्सर गर्ने संयन्त्र विकास गर्न उनको आग्रह छ ।
नेपाल प्रहरीको साइबर क्राइम, नेपाल दूरसञ्चार प्राधिकरण गुहारेको उनले बताए । टिकटकले फेक आइडीमा ध्यान नदिँदा शुभचिन्तकले दुःख पाएको शाहले बताए । नयाँ उद्यमीहरूलाई बजार प्रवर्द्धन गर्ने प्लेटर्फमका रुपमा टिकटकको सदुपयोग भएको महानगर प्रमुख शाह बताउँछन् । ‘मौका नपाएका प्रतिभाहरूलाई प्रतिभा देखाउने ठुलो प्लेटर्फम भएको थियो साथै नेपाली गीत संगीतलाई अन्तराष्ट्रिीयकरण गर्न मद्दत गर्दै थियो,’ शाह भन्छन् ।






































