विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेसपाले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक बोलायो

741
shares

काठमाडौँ । बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बैठकको एजेण्डा पार्टी एकताका लागि माओवादी केन्द्रले पठाएको पत्र, एकीकरणका लागि समायोजन समिति बनाउने विषय रहेको महासचिव रमेश यादवले जानकारी दिए । यस्तै नेसपाको जारी अभियान, सङ्गठन सुदृढीकरणलगायत विषयमा पनि छलफल हुने उनले बताए ।

‘बैठक ६ र ७ गते बस्छ । बैठकले एकीकरणसम्बन्धी माओवादी केन्द्रले पठाएको पत्र र समायोजन कार्यदल गठनबारे निर्णय गर्छ । यसको अतिरिक्त जारी अभियान, सङ्गठन विस्तार, सुदृढीकरण सम्बन्धमा निर्णय गर्छ’, महासचिव यादवले भने । यस्तै बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने वा नगर्नेबारे निर्णय गर्ने उनले बताए । यसअघि असोजको तेस्रो साता बसेको कार्यकारिणी बैठकले माओवादीले पठाएको पत्रलाई अस्वीकार गर्दै यसअघि एकताका लागि पठाएको ९ बुँदे आधार पत्रको जवाफ नआएसम्म वार्ता नगर्ने निर्णय गरेको थियो ।

सहअध्यक्ष गङ्गानारायण श्रेष्ठको नेतृत्वमा रहेको वार्ता टोलीमा एक जना थप गरी विचार, नीति र सिद्धान्त मिल्ने राजनीतिक दलसँग छलफल खुला राख्ने निर्णय गरेको थियो । माओवादीले पठाएको पत्रलाई लिएर नेसपाभित्र अध्यक्षद्वय भट्टराई र यादवबिच विवाद छ । भट्टराई तत्काल पार्टी एकता गर्ने पक्षमा देखिएको छैन भने यादव पूर्व सहमतिबाट पछि हट्न नहुने पक्षमा देखिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports