विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलिया र आयोजक भारत बिचको भिडन्त पक्का

845
shares

कोलकाता । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा पाँच पटकको विजेता अस्ट्रेलिया र आयोजक भारत बिचको भिडन्त पक्का भएको छ । भारतले बुधबार पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य अस्ट्रेलियाले ४७.२ ओभरमा सात विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो ।

अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ६२ रन बनाए । उनले आक्रामक इनिङ्स खेल्दै ४८ बलमा नौ चौका र २ छक्का हिर्काए । अर्का ओपनर डेभिड वर्नरले पनि मात्र १८ बलमा २९ रन बनाए । उनले एक चौका र ४ छक्का हिर्काए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports