विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ललितपुर महानगरपालिकाले फुटपाथमा व्यापार गर्न निषेध गरेपछि अभियन्ता ईःले विरोध गर्ने

1.18K
shares

काठमाडौं । ललितपुर महानगरपालिकाले मंगलबजारदे खि लगनखेल सम्मको फुटपाथमा व्यापार गर्न निषेध गरेपछि अभियन्ता ईःले विरोध गर्ने भएका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईःले ललितपुरमा पनि १०८ मिनेट उभिएर विरोध प्रदर्शन गर्ने भएका हुन् ।

सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिंदै ईःले मंगलबार दिउँसो ३ बजेबाट पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय अगाडि उभिएर विरोध गर्ने भएका छन् । ललितपुरको सपना नमार्न भन्दै उनले साँझ-बिहान फुटपाथ निषेध गर्ने निर्णयबारे पुनर्विचार गर्नसमेत महानगरलाई आग्रह गरेका छन् । समावेशी विकास र सुशासन कायम गरिरहेको ललितपुरले फुटपाथमा व्यापार गर्नेहरुलाई निषेध गरेर सहरको आत्मा मार्ने काम नगर्न ई:ले आग्रह गरेका छन् ।

अभियान्ता ईःले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेर फुटपाथ व्यवसायीहरुलाई उचित स्थानमा व्यवस्थापन गर्न पहल गरिरहेका छन् । आइतबारबाट ललितपुर महानगरले मंगलबजारदेखि लगनखेलसम्म फुटपाथमा राखेर सामान बिक्री गर्न निषेध गरेको छ । ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार फुटपाथ व्यवसायीहरुको अत्यधिक भीड भएका कारण हिंडडुलमै समस्या हुन थालेपछि सधैंका लागि फुटपाथ निषेध गर्न थालिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports