विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विपिन जोशीको रिहामा चाँडै सकारात्मक परिणाम आउन सक्छ : कतार

637
shares

काठमाडौँ । कतारले प्यालेस्टाइनी हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहामा चाँडै सकारात्मक परिणाम आउन सक्ने बताएको छ । जोशी लगायत विदेशी बन्दीहरूको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले बताएका हुन् ।

कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदसँगको भेटमा थानीले यस्तो बताएका हुन् । कतारको राजधानी दोहामा भएको शिष्टाचार भेटमा साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन विशेष अनुरोध गरेका थिए । मन्त्रीका स्वकीय सचिव दीपक जोशीका अनुसार परराष्ट्रमन्त्री साउदले हमाससँगको कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको सक्रिय मध्यस्थकर्ताको भूमिका एवम् कतार र नेपालबीचको जनस्तर लगायतको गहिरो र मित्रवत् सम्बन्धका आधारमा यस मानवीय मामिलामा कतार अधिराज्यसँगको नेपाल सरकारले उच्च आशा गरेको बताएका थिए ।

जवाफमा कतारका प्रधानमन्त्री अल थानीले विपिन जोशीलगायत विदेशी बन्दीहरूको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको र चाँडै सकारात्मक परिणाम आउन सक्ने सङ्केत गरेका हुन् । परराष्ट्रमन्त्री साउदले कतारका प्रधानमन्त्री अल थानीसँग व्यापार र लगानीका विषय, कतार फ्रन्ट फर डेभलपमेन्टबाट हुने विकास सहयोग, आगामी उच्चस्तरीय भ्रमण आदि विषयमा समेत कुराकानी गरेको जोशीको भनाइ छ ।

परराष्ट्रमन्त्री साउद दोहामा जारी विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख, विदेश मन्त्री, निजी क्षेत्र, थिंक ट्यांक, सञ्चारकर्मी सम्मिलित दोहा फोरम २०२३ मा प्यानलिस्टका रुपमा समेत सहभागी भएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports