विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सीटीईभीटीको सदस्य सचिव पदको लागि तीन जनाको नाम सिफारिस

624
shares

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्य सचिव पदको लागि तीन जनाको नाम सिफारिस भएको छ । गत असोजमा रिक्त पदका लागि महेश भट्टराई, टेकबहादुर मल्ल र विनोद बडालको नाम सिफारिस गरिएको सिफारिस समितिका सदस्य तथा शिक्षा सचिव सुरेश अधिकारीले जानकारी दिए ।

राष्ट्रिय योजना आयोग सदस्य रमेशचन्द्र पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिले सोमबार तीन जनाको नाम सिफारिस गरेको हो । समितिले सिफारिस गरेको नामावली शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउने र मन्त्रिपरिषद्ले तीन जना मध्ये कुनै एक जनालाई सदस्य सचिवमा नियुक्त गर्नेछ । समितिले ८ मंसिरमा आवेदन परेकामध्ये ८ जनाको कार्ययोजना प्रस्तुतिकरण र अन्र्तवार्ता लिएको थियो । परिषद्का अनुसार तीन महिना भन्दा बढी समयदेखि कार्यकारी पद रिक्त हुँदा कर्मचारी सरुवा, बढुवा तथा दैनिक कामहरुमा समेत प्रभाव परिरहेको थियो ।

गत ४ साउनमा तत्कालिन सदस्य सचिव जीवनारायण काफ्लेको उमेर हदका कारण नियुक्त भएको दुई वर्षमा नै सेवा अवधि सकिएको थियो । तर मन्त्रिपरिषदले चार वर्षे कार्याकालको लागि आफुलाई सदस्य सचिवमा नियुक्त गरेकोले सो अवधिभर काम गर्न पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । सर्वोच्चले अन्तरिम आदेश दिएपछि उनले थप दुई महिना काम गरेका थिए । तर असोजमा सर्वोच्चले तोकिएको समयावधि बाँकी रहेपनि उमेर हद्बन्दीको कारण कारण सदस्य सचिवको रुपमा काम गर्न नमिल्ने फैसला गरेपछि उनी बाहिरिएका थिए । त्यसपछि रिक्त रहेको सदस्य सचिव पदको लागि सोमबार सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports