linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौँ महानगरपालिकामा आज देखि सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध

676
shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध गरिएको छ । महानगरले आजभन्दा ठिक १५ लिन अघि एक सूचना प्रकाशित गर्दै प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । महानगरको सो घोषणा आजबाट लागू भएको हो ।

सुर्ती सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको महानगरको भनाई छ । सूचनालाई अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा महानगर प्रहरी मार्फत जफत गरी बिक्री वितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय गरिने चेतावनी समेत महानगरले दिएको छ ।

काठमाडौँ महानगरपालिकामा रहेका शिक्षण संस्था, विमानस्थल, बालकल्यान, गृह, क्लबहरू, सार्वजनिक शौचालयहरू, होटेल, रेष्टुरेण्टहरु, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालयहरू लगायतका सार्वजनिक स्थलहरूमा धूम्रपान, चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका सुर्तीजन्य पदार्थ लाई निषेध गर्न सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ ले प्रस्ट व्यवस्था गरेको छ ।

काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ४२ ले सुर्ती तथा मदिराजन्य पदार्थ विक्री वितरणमा रोक लगाउन सक्ने, निषेध र बिक्री वितरणका लागि खुल्ला क्षेत्र तोक्न सक्ने, बालबालिकाहरुलाई बिक्री वितरण गराउन नपाइने, सार्वजनिक स्थलहरूको चार किल्ला तोकी सो वरपर सुर्तीजन्य र जङ्क फुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने कानुनी व्यवस्था रहेको पनि महानगरको भनाई छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports