नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित
वि.सं.२०८० पुस ४ बुधवार १७:३७
shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ । बुधवार जारी केन्द्रीय समिति बैठकले प्रतिवेदन सर्वसम्म रूपमा पारित भएको नेता अनिल शर्मा विरहीले जानकारी दिए । सोमबारबाट सुरु भएको बैठकमा महासचिव विप्लवले ८ पृष्ठको ‘विशेष परिस्थितिको विशेष कार्यभार, दृढताका साथ पुरा गरौँ’ भन्ने शीर्षकको प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिए । जवाफ दिएसँगै सबैले उठेर ताली पड्काएर प्रतिवेदन पारित गरेका थिए ।
बैठकमा नेकपाको प्रभावलाई रोक्न देशी विदेशी दलाल पुँजीवादी शक्तिहरूले विभिन्न षड्यन्त्र गरिरहेको र त्यसका लागि सशक्त प्रतिरोध गर्ने गरी प्रतिवेदन पारित भएको विरहीले जानकारी दिए । ‘नेकपाको बढ्दो प्रभावलाई रोक्न देशी र विदेशी दलाल पुँजीवादी शक्तिहरूले विभिन्न षड्यन्त्र गरेका छन् । त्यसका निम्ति सशक्त प्रतिरोध गर्ने योजना छ’, उनले भने ।
उनका अनुसार बैठकमा विप्लवले सरकारको भूमिकामाथि पनि विप्लवले प्रश्न उठाएका थिए । तत्कालीन सरकार र नेकपाबिच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न वर्तमान सरकारले चासो नदिएको उनको आरोप थियो । प्रतिवेदन पारित भएपछि अहिले अन्य एजेन्डाहरू छलफल भइरहेको विरहीले जानकारी दिए ।


































