kumari
stcnepal

अपर तामाकोशीको लिलामी सेयरको कटअप प्राइस कति तोकियो ?

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले लिलाम सेयरको सबै आवेदन खोलिएको छ । गत शुक्रबारदेखि खोल्न सुरु गरिएको आवेदन फारम आइतबार सकिएको हो ।

सहायक बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार ३० हजार १ सय ५५ वटा आवेदन खोलिएको छ । लिलामीमा ल्याएको सेयरको प्रारम्भिक कट अप मूल्य पनि तोकिएको छ । क्यापिटलका अनुसार सेयरको कट अप मूल्य १४६ रुपैयाँ कायम भएको छ । तर, यो नै अन्तिम मूल्य भने होइन । क्यापिटलले यतिबेला चेक भेरिफाइ गरिरहेको छ । उक्त कार्यसकिएपछि मूल्यमा तलमाथि हुन सक्ने क्यापिटलको भनाई छ।

कम्पनीले १ करोड ७० लाख १९ हजार ३० कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म निष्कासन गरेको हकप्रदमा बिक्री हुन नसकेको सेयर लिलामीमा ल्याएको हो । कम्पनीले उक्त हकप्रद लिलामी प्रक्रियाबाट बिक्री गर्न खुला गरेको थियो ।

footer