linktrix Long Ad
Salt Trading Long Ad

मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका संरचनाहरू हटाउने तथा भत्काउने सम्बन्धी १५ दिने सूचना पुन: प्रकाशित

845
shares

काठमाडौँ । मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका संरचनाहरू हटाउने तथा भत्काउने सम्बन्धी १५ दिने सूचना पुन: प्रकाशित गरिएको छ । मनोहरा जग्गा एकीकरण आयोजनाले शुक्रबार सो सूचना प्रकाशित गरेको हो ।

आयोजनाले सम्बन्धित जग्गाधनीलाई विकसित घडेरी फिर्ता गर्दा स्वीकृत डीपीआरअनुसार सडक र कित्ता जग्गामा पर्ने घर, छाप्रा, टहरा तथा स्वीकृत नीतिबमोजिम फिर्ता गर्नुपर्ने विकसित घडेरीमा अनधिकृत रुपमा निर्माण भएका घर/छाप्रा / टहरा / पर्खाल सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र हटाई आयोजनाको काममा सहयोग गर्न अनुरोध गरेको छ । अन्यथा आयोजनाबाटै हटाउँदा/भत्काउँदा लागेको खर्च कानूनबमोजिम असूल उपर गरिने व्यहोरा समेत जानकारी गराइएको छ ।

त्यस्तै आयोजना क्षेत्र अन्तर्गत रहेको मनोहरा खोलाले २०२१ साल बमोजिमको बहाव धार परिवर्तनका कारण का.म.पा. ३२ तर्फ दर्ता श्रेष्ता कायम रहेका कित्ता जग्गाहरु मनोहरा खोला भन्दा पूर्व तर्फ पर्न गएका सम्बन्धित जग्गाधनी / मोहीहरुले आफ्नो जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपी सहित पन्ध्र (१५) दिन भित्र यस आयोजनामा सम्पर्क गर्न सूचित गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports