राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दै
वि.सं.२०८० माघ १९ शुक्रवार ०८:४४
shares

काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दै छ ।
बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । आजको बैठकमा हिउँदे अधिवेशनमा पार्टी कसरी संसद्मा प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ । साथै समसामयिक राजनीतिका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।






































