प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली बिच भेटवार्ता
वि.सं.२०८० माघ १९ शुक्रवार ०९:४०
shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ ।
सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबिच भेटवार्ता भइरहेको हो । संसद्को हिउँदे अधिवेशन सुरु हुन लागेका बेला दुई नेताबिच भएको भेटवार्तामा सदन सञ्चालन र कानुन निर्माणबारे छलफल भएको बुझिएको छ । माघ २२ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ ।






































