आज दुई वटा संसदीय समितिको बैठक बस्दै
वि.सं.२०८० माघ १९ शुक्रवार ०९:४१
shares

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार मध्यान्ह साढे १२ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०७९-८० को मस्यौदा माथि छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह साढे १२ बजे नै बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा जलवायु परिवर्तनले पारेको प्रभाव र नेपाल सरकारको तयारी एवं कार्ययोजनाबारे छलफल हुनेछ ।






































