linktrix Long Ad
Salt Trading Long Ad

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख डीआईजी अर्जुन चन्दको प्रहरी प्रधान कार्यालयमा सरुवा

754
shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् । प्रहरी महानिरीक्षक वसन्तबहादुर कँुवरको सिफारिसमा गृह मन्त्रालयले उनलाई प्रहरी प्रधान कार्यालयमा रहेको प्रदेश समन्वय विभागमा सरुवा गरेको हो ।

विभागमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को नेतृत्व छ । विभागको नेतृत्व एआईजी सुदीप गिरीले गरिरहेका छन् । विमानस्थलमा प्रहरी र अध्यागमन विभागका कर्मचारीबीच कुटपिट भएको घटनामा प्रहरीलाई कारबाही गरिएको प्रति डीआईजी चन्द असन्तुष्ट थिए । गृह मन्त्रालयले बनाएको छानबिन समितिले पनि प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेपछि उनले राजीनामा दिएका थिए ।

उपत्यका प्रहरी कार्यालयबाट अघि बढेको राजीनामा प्रहरी प्रधान कार्यालय, नक्सालमा पुगेपछि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, एआईजी टेकप्रसाद राई, मिरा चौधरी लगायतले रोकेका थिए । उनीहरुसँग भएको छलफलपछि राजीनामा रितपूर्वक नभएको भन्दै प्रहरी प्रधान कार्यालयले राजीनामा अघि बढाएको थिएन । यसपछि चन्द अहिले १० दिन बिदामा छन् । त्यहीबीच उनको सरुवा भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तान १२ माघमा विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए ।मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्न खोज्दा मोक्तानले आफू ‘अधिकृत भएको’ बताउँदै जाँच नगरी हिँड्न खोजेका थिए । त्यसक्रममा उनले अपशब्द समेत बोलेको प्रहरीको दाबी छ । त्यसपछि प्रहरी र कर्मचारीबीच कुटाकुट भएको थियो । यसमा जोडिएका तीन जना प्रहरी कर्मचारीलाई उपत्यका प्रहरी कार्यालयमा तानिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports