कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले ४ जना मन्त्री तथा दुई जना मन्त्री थप गर्दै मन्त्रीमण्डल विस्तार गरे
वि.सं.२०८० माघ २६ शुक्रवार १७:३१
shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले ४ जना मन्त्री तथा दुई जना मन्त्री थप गर्दै मन्त्रीमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको चार महिना पुग्न लाग्दा कार्कीले सरकार विस्तार गरेका हुन् ।
जसमा स्वास्थ्य मन्त्रालयमा प्रदीपकुमार सुनुवार, उद्योग कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालयमा नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्रीमा राजेन्द्र कार्की, आर्थिक मामिला तथा योजना मन्त्रालय राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा सुनिताकुमारी राम रहेका छन् ।
मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय भने आफ्नै जिम्मामा राखेका छन् । नवनियुक्त मन्त्रीहरू सुनुवार, खत्री, राज्यमन्त्री द्वय थापा र राम कांग्रेस हुन् । उनीहरूमध्ये सुनुवार मात्रै कांग्रेस संस्थापन पक्षका हुन् भने अन्य तीनजना कार्कीलाई मुख्यमन्त्री बनाउनका लागि विद्रोह गर्ने ८ सांसद मध्येकै हुन् ।यस्तै माओवादीबाट भने राजेन्द्र कार्की र मगर मन्त्री नियुक्त भएका हुन् । बरीयतामा मुख्यमन्त्रीपछि प्रदीपकुमार सुनुवार, राजेन्द्र कार्की, शमशेर राई, गणेशप्रसाद उप्रेती, कमल प्रसाद जबेगू, रामकुमार खत्री, नारायण बहादुर मगर, इन्दिरा थापा र सुनिताकुमारी गुरुङ (राम) रहेका छन् । गुरुङ दलित कोटाबाट समानुपातिक सांसद बनेकी हुन् ।





































