सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अभ्यास शान्ति प्रयास–४ अन्तर्गत संयुक्त तालिममा अमेरिका सहित १८ देशका सैनिकहरू जम्मा

533
shares

काठमाडौँ । काभ्रेपलान्चोकको पाँचखालमा अमेरिका सहित १८ देशका सैनिकहरू जम्मा भएका छन् । अभ्यास शान्ति प्रयास–४ अन्तर्गत संयुक्त तालिममा सहभागी हुन उनीहरू पाँचखालमा आएका हुन् । अमेरिका र अस्ट्रेलिया सहित १८ देशका सैनिकहरूलाई ‘संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन’ मा कसरी काम गर्ने भन्नेबारे तालिम सञ्चालन भइरहेको नेपाली सेनाले जनाएको छ ।

अमेरिका, अस्ट्रेलिया, पाकिस्तान, बङ्गलादेश, फिजी, घाना, मलेसिया, इन्डोनेसिया, मङ्गोलिया, थाइल्यान्ड, उरुग्वे, दक्षिण कोरिया, श्रीलङ्का, भियतनाम, क्यानडा, फिलिपिन्स, नाइजेरिया र अमेरिकन सैनिकले तालिम लिइरहेका हुन् । ८ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तालिम शुभारम्भ गरेका थिए । अभ्यास शान्ति प्रयासको चौथो संस्करण फागुन २१ मा पुरा हुने पाँचखाल स्थित वीरेन्द्र शान्ति तालिम केन्द्रका महासेनानी सञ्जित श्रेष्ठ सिन्याले  बताए । महासेनानी संजित श्रेष्ठले भने– ‘फौजलाई मिसन पठाउनुअघि गराइने तालिम र अहिले भइरहेको अभ्यास शान्ति प्रयास उस्तै खालको अभ्यास हो ।’

अभ्यास शान्ति प्रयासमा १० प्लाटुन विदेशी सैनिक र दुई प्लाटुन नेपाली सैनिक छन् । अभ्यासमा १ हजार १ सय ६२ जना सैनिक सहभागी रहेको सैनिक अधिकृतहरू बताउँछन् । विभिन्न १० मुलुकका २८ जना अधिकृत सैनिकहरूले युएन हेडक्वार्टरमा कसरी काम गर्ने भन्ने तालिम दिइरहेका छन् । युद्ध भइरहेको देशमा पट्रोलिङ र कर्डन एण्ड सर्च अपरेसन कसरी गर्ने भन्नेसहित ३ वटा मुख्य विधामा तालिम भइरहेको छ । राष्ट्रसङ्घको सामान ढुवानी गर्दा कसरी स्कर्टिङ गर्ने र मिसन इलाकामा शंकास्पद विस्फोटक पदार्थ भेटिए कसरी डिस्पोज गर्ने भन्नेबारे प्रशिक्षार्थीहरूलाई सिकाइने प्रमुख सेनानी सुरज बस्न्यातले बताए । प्रमुख सेनानी बस्न्यात भन्छन्–‘शान्ति मिसनमा खटिँदा अत्यावश्यक सीपबारे हामी अहिलेको तालिममा अभ्यस्त बनाइरहेका छौँ ।’

अभ्यास शान्ति प्रयास–४ मा सहभागी सैनिकहरु युद्धरत देशमा खटिँदा भेट हुने हुनाले सहजिकरणमा थप मद्धत पुग्ने सैनिक अधिकृतहरु बताउँछन् । शान्ति सेनामा सहभागी हुने फौजको पेशागत दक्षता अभिवृत्ति गर्न अमेरिका सरकारको ‘ग्लोबल पिस अपरेसन इनिसियटिभ’को सहयोगमा तालिम सुरु भएको हो । नेपालमा सन् २००० मा पहिलोपटक शान्ति प्रयास सञ्चालन भएको थियो । २०१३ मा दोस्रो र २०१७ मा तेस्रो संस्करण नेपालमा सम्पन्न भैसकेको छ । अहिले सञ्चालित अभ्यास चौथो संस्करण हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports