सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कस्तो होला आजको मौसम ?

507
shares

काठमाडौँ । हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। भोलि शुक्रबार भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा छुटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेश सहित गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा, लुम्बिनी प्रदेश सहित गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका एक दुई स्थानमा छिट फुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports