प्रहरीले हटायो संसद भवन, सिंहदरबार र बालुवाटारमा टाँगिएको डोरी
वि.सं.२०८० फागुन १७ बिहीवार ०८:१८
shares

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर स्थित संसदभवन, सिंहदरबार र बालुवाटारको फुटपाथमा टाँगेको डोरी हटाएको छ । बुधबारराति प्रहरीले तीन वटै ठाउँको फुटपाथमा टाँगेको डोरी हटाएको हो ।
डोरी हटाएपछि अहिले फुटपाथमा हिँड्न खुला गरिएको छ । गत सोमबार लघुवित्तऋणीहरु संसद भवनभित्र छिरेपछि प्रहरीले मंगलबार त्यसवरपर हिँड्न समेत निषेध गराई डोरी टाँगेको थियो । सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै सिंहदरबार वरपरको फुटपाथ र बालुवाटारको फुटपाथमा डोरी टाँगेर हिँड्न रोक लगाएको थियो । फुटपाथमा हिँड्न रोक लगाएपछि सर्वसाधरण जोखिम मोलेरै सडकबाटै हिँडडुल गरिरहेका थियो ।
फुटपाथमा हिँड्न नदिएको भन्दै चर्को आलोचना भएपछि बुधबार साँझ सबै ठाउँको डोरी हटाएर सर्वसाधरणलाई हिँडडुल गर्न खुला गरेको हो ।





































