सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रिहा भए संसद भवनमा पसेर नाराबाजी गर्दा पक्राउ परेका लघुबित्त पिडित

598
shares

काठमाडौं- संसद् भवनभित्र छिरेर नारावाजी गर्ने क्रममा पक्राउ परेका दुई दर्जनबढी लघुबित्त पीडित महिला रिहा भएका छन् ।

सोमबार नारा लगाउँदै संसद् परिसरबाहिर पुगेका लघुबित्त पीडितहरू बन्द रहेको गेट धकेलेर संसद् परिसरभित्र छिरेर नारावाजी गर्ने क्रममा पक्राउ परेका उनीहरू बुधबार राति रिहा भएका हुन् । देशभरबाट आन्दोलनका लागि काठमाडौं भेला भई लघुवित्त पीडितहरू संसद् बैठक चलिरहेको बेला उनीहरू त्यहाँ पुगेर नाराबाजी गरेका थिए । सोमबार संसद् भवन वरिपरी नारा लगाउनेमा भवनभित्र र बाहिर गरी ४९ जना पीडित थिए । जसमा ४८ जना महिला र एक पुरुष रहेका थिए । पक्राउ परेकालाई सरकारले प्रहरी नियन्त्रणमै राखेर मुद्दा चलाउने तयारी गरेको थियो ।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लघुवित्त पीडितहरूलाई मुद्दा चलाउनु बेठिक हुने भन्दै उनीहरूलाई बिना शर्त रिहा गर्न गृहमन्त्रीलाई आग्रह गरेको थियो । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले सचेतक महेश बर्तौलाले लघुवित्त पीडितहरू न्यायको लागि आन्दोलनरत रहेका समेत बताएका थिए । देशका विभिन्न स्थानबाट न्याय माग्न हिँडेर काठमाडौं आएका लघुवित्तपीडित अहिले गौशालाको भण्डारखाल जाने गेटको छेउमा रहेको खाली ठाउँमा बसेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports