सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फागुन २१ गते राष्ट्रियसभाका नयाँ सदस्यहरूको शपथग्रहण

520
shares

काठमाडौ । संसद सचिवालयले राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुको शपथ कार्यक्रम फागुन २१ गते राखेको छ । फागुन २१ गते बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित ल्होत्से हलमा शपथ हुने जानकारी गराएको छ ।

गत माघ ११ गते भएको चुनावबाट राष्ट्रिय सभामा गण्डकीबाट कांग्रेसका किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र माओवादीकी मनरुपा शर्मा, कर्णाली प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णु विक विकल्प र कांग्रेसका कृष्णबहादुर रोकाया, लुम्बिनी प्रदेशबाट महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य तर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र सुदूरपश्चिम प्रदेशबाट माओवादीकी रेणु चन्द, कांग्रेसका नारायण भट्ट र कांग्रेसकै बलदेव बोहरा निर्वाचित भएर आएका छन् ।

यस्तै कोशीबाट कांग्रेसका कृष्ण सिटौला र एमालेकी रुक्मिणी कोइराला, मधेश प्रदेशबाट कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाकी पूजा चौधरी, बागमतीबाट नेपाली कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका छन् । राष्ट्रिय सभामा गत माघ ११ गते भएको निर्वाचनबाट १९ जना निर्वाचित भएर आएका छन् । २०७४ सालमा निर्वाचित भएका सांसदहरुमध्ये गोलाप्रथाद्वारा ६ वर्षे कार्यकाल भएकाहरु यही फागुन २० गतेबाट बिदा हुँदैछन् । उनीहरुको ठाउँमा निर्वाचित भएकाहरुको शपथ फागुन २१ गते हुन लागेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports