बागमती प्रदेशसभा बैठक आज बस्दै
वि.सं.२०८० फागुन १७ बिहीवार १०:००
shares

मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दै छ । बिहान ११ः३० बजे बैठक बस्ने तयारी गरिएको प्रदेश सभा सचिवालय हेटौँडाले जनाएको छ ।
सचिवालयका अनुसार बैठकमा विशेष समय र विधेयक पेस गर्ने कार्यसूची रहेको छ । बैठकमा विशेष समयमा सांसदहरूले धारणा राख्ने छन् भने संसद् सचिवालयमा दर्ता भएको प्रदेश हस्तकला ग्राम स्थापना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्ने कार्यसूची रहेको छ ।
सरकार र प्रतिपक्ष बिचको अन्तर्द्वन्द्व कारण प्रदेशसभा बैठक प्रभावित बन्दै आएको छ । विगत ४ महिना देखि बन्द बैठक फागुन १५ गतेका लागि आह्वान गरिएको थियो । बजेट माथिको भागबन्डाको विषयलाई लिएर सरकार र प्रतिपक्ष बिचको विवादका कारण सो बैठकमा समेत विवाद भएको थियो । अधिवेशन आह्वान सम्बन्धी पत्र र प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त केही पत्र वाचन सहित दलगत रूपमा सांसदहरूले शुभकामना मन्तव्य राखे पछि बैठक स्थगित भएको थियो ।





































