सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चार संसदीय समितिको बैठक बस्दै

468
shares

काठमाडौँ । आज ४ वटा संसदीय समितिको बैठक बस्दै छ ।

जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ८ बजेबाट सुरु भएको छ । बैठकमा फलामे छडको कच्चा पदार्थको रूपमा रहेको स्पन्ज आइरन र विलेट्सबिच भन्सार महसुल एवं अन्तःशुल्कका सम्बन्धमा समितिको मिति २०७०/३/६ गतेको निर्णय कार्यान्वयन सम्बन्धमा छलफल भइरहेको छ ।

त्यस्तै बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजश्‍व अनुसन्धान विभागको कामकारबाही सम्बन्धमा छलफल हुनेछ भने बिहान साढे ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा निर्वाचन क्षेत्र जोड्ने रणनीतिक सडकका सम्बन्धमा छलफल हुनेछ । दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports