kumari
stcnepal

राष्ट्रिय बाणिज्य बैकको कामु सिईयोमा खनाल नियुत्त, श्रेष्ठअवकाश

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गतेदेखि बैंक सेवाबाट निवृत्त(अवकाश) भएका छन् ।

उनी २०७२ साल चैत २९ गते खुला प्रतिस्पर्धाबाट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा प्रथम पटक नियुक्त भएका थिए । यस्तै उनी २०७६ साल चैत २९ गते दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका थिए । यसैबीच बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत चैत २९ गतेबाट लागू हुने गरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाललाई कायम मुकायम(का.मु.) को जिम्मेवारी तोकिएको छ ।

बैंक व्यवस्थापनको तर्फबाट बुधबार एक समारोहका बीच प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई बैंक सेवाबाट बिदाई गरिएको छ । उक्त समारेहमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वयय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल र दुर्गाकुमारी कँडेल, ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

footer