प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्तापक्षले एक कदम अघि बढेर कांग्रेसले नाम लिएका सहकारी माथि छानबिन समिति बनाउने विकल्प प्रस्ताव गर्ने

468
shares

काठमाडौँ । सहकारीको विषयमा संसदीय छानबिन समिति बनाउन सत्तापक्षले एक कदम अघि बढेर कांग्रेसले नाम लिएका सहकारीमाथि छानबिन समिति बनाउने विकल्प प्रस्ताव गर्ने भएको छ । संसदीय छानबिन समितिको कार्यविधि बनाउन शनिबार दिउँसो ३ बजे कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने कार्यदलको बैठकमा सत्तापक्षले थप लचकताका साथ विकल्प दिन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले  जानकारी दिएका हुन् ।

संसदीय छानबिन समितिमा गृहमन्त्री रवि लामिछानेको नाम नराख्ने तर कांग्रेसले नाम लिएका सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीको नाम राखेर छानबिन समिति गठन गर्ने सत्तापक्षले विकल्प दिने र त्यसमाथि छलफल हुने बताए । यसअघि बसेको कार्यदलको बैठकमा कांग्रेसले छानबिन समितिको नाम राख्दा गृहमन्त्रीको नाम नराख्ने हो भने त्यसको विकल्प दिन भनेको थियो । कांग्रेसले मागेको विकल्प अनुसार सत्तापक्षले थप लचकताका साथ कांग्रेसले भनेका सहकारीको नाममाथि सहमति खोज्ने उनले बताए ।

कार्यदलका सदस्य खनालले भने–‘उहाँहरूले जुन जुन सहकारीमाथि छानबिन माग गर्नुभएको छ, आज त्यसबारे छलफल हुन्छ । रवि लामिछानेसँग जोडिएको भनेर कांग्रेसले प्रश्न उठाएका सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीको नाम राखेर छानबिनका लागि हाम्रो प्रस्ताव रहन्छ ।’ सत्तापक्षले राख्ने यो विकल्पबारेमा आफ्नो दलभित्र पनि कुराकानी भएको उनको भनाई छ । कांग्रेसले यो प्रस्ताव स्वीकार गरेमा छानबिन समिति अघि बढ्ने उनले बताए । यद्यपि गृहमन्त्रीको नाम तोकेर व्यक्ति केन्द्रीत हिसाबले छानबिन समिति अघि नबढ्ने खनालले उल्लेख गरे ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री लामिछानेको नाम किटेरै छानबिन समिति बनाउन माग गर्दै आए पनि पछिल्ला दिनमा केही लचक हुने सङ्केत गरेको छ । अघिल्लो बैठकमा छानबिन समितिको नाम राख्दा लामिछानेको नाम नतोक्ने हो भने के राख्ने विकल्प दिन सत्ता पक्षलाई आग्रह गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports