२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महालेखा कार्यालयले राष्ट्रपति पौडेललाई बुझायो ६१ औँ वार्षिक प्रतिवेदन

884
shares

ठमाडौँ । महालेखापरीक्षकको कार्यालयले ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ । महालेखा परीक्षक तोयम रायले आज राष्ट्रपति समक्ष ६१औँ वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनमा ६ परिच्छेद रहेका छन् । जसमा लेखापरीक्षण गरिएका निकायको विवरण, लेखापरीक्षणबाट देखिएको बेरुजु स्थिति, लेखापरीक्षणबाट देखिएको समष्टिगत स्थिति, लेखापरीक्षण प्रतिवेदनको कार्यान्वयन स्थिति, भविष्यमा गर्नुपर्ने सुधार र कार्यालय गतिविधिलाई समावेश गरिएको छ। वार्षिक प्रतिवेदनका सारभूत विषयहरू समावेश गरी छुट्टै महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन, २०८१ सारांश समेत तयार पारिएको छ ।

नेपालको संविधानको धारा २९४ (३) बमोजिम प्रदेशको काम कारबाहीका सम्बन्धमा ७ वटै प्रदेशको अलग अलग प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्न सक्ने व्यवस्था छ । लेखापरीक्षण ऐन, २०७५ को दफा २० (२) बमोजिम सम्बन्धित स्थानीय तहमा अलग अलग लेखापरीक्षण प्रतिवेदन जारी गर्न सक्ने व्यवस्था छ । यस वर्ष ७५३ स्थानीय तहमध्ये आर्थिक वर्ष २०७८७९ को बक्यौता रहेका २ सहित ७४८ स्थानीय तहको लेखापरीक्षण सम्पन्न गरिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports