२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौका बिभिन्न स्थानमा १२ दिन सम्म निश्चित समयका लागि बिधुत्त काटिने

390
shares

काठमाडौं । काठमाडौं उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन तथा आगामी हिउँदमा विद्युत् माग व्यवस्थापन गर्न काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरिने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार १५ देखि २६ असोजसम्म कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गत विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरेर भूमिगत लाइन सञ्चालन लगायत प्राविधिक काम गरिने छ । सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति कटौती हुनेछ । प्राधिकरणले मौसम प्रतिकूल भए निर्धारित विद्युत् कटौती नगरिने जनाएको छ ।

प्राधिकरणका अनुसार १५ असोजमा सतुंगल–बौथली क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । १६ मा मच्छेगाउँ–दोभान चोक तथा खुसी चोक, १७ मा मुलपानी, १८ मा गुर्जुधारा र २० गते पुन: मुलपानी क्षेत्रमा लाइन काटिने छ ।त्यस्तै २१ असोजमा बलम्बु, २२ मा कोटेश्वर–बालकुमारी, २४ मा सिफल, २५ मा सतुंगल–धौलागिरि आवास क्षेत्र र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरेर आवश्यक काम गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली भूमिगत, सुदृढ र स्वचालित बनाउने उद्देश्यले चरणबद्ध काम अघि बढाइरहेको छ । यसअन्तर्गत पहिलो चरणमा काठमाडौंका रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत क्षेत्रमा भूमिगत विद्युत् वितरण प्रणाली निर्माणको काम सुरु गरिएको थियो ।दोस्रो चरणमा काठमाडौंका बाँकी सहरी क्षेत्र, तेस्रो चरणमा ललितपुर र भक्तपुरका सहरी क्षेत्र तथा चौथो चरणमा पोखरा र भरतपुर महानगरपालिकाका क्षेत्रमा यस्तो प्रणाली निर्माण गर्ने कार्यक्रम छ ।

कार्यक्रम अन्तर्गत ३३ केभी, ११ केभी तथा ४०० भोल्टका विद्युत् लाइन भूमिगत गरिने छ । त्यस्तै अप्टिकल फाइबर समेत भूमिगत रूपमा बिच्छ्याइने प्राधिकरणले जनाएको छ ।भूमिगत प्रणाली सञ्चालनमा आएपछि विद्युत् आपूर्ति प्रणालीको विश्वसनीयता र सुरक्षा बढ्नुका साथै वितरण प्रणाली क्रमश: स्वचालित बनाउन सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ ।

सहरी क्षेत्रमा विद्युत्, टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकका तार अव्यवस्थित रूपमा जथाभावी फैलिँदा देखिने समस्या पनि भूमिगत प्रणालीबाट कम हुने प्राधिकरणको भनाइ छ ।यसबाट काठमाडौं उपत्यकाको सहरी सौन्दर्य कायम गर्न तथा आधुनिक र व्यवस्थित विद्युत् वितरण प्रणाली निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports