२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली कांग्रेसको इतर समूह देउवा पक्षले निर्वाचन आयोगलाई बुझायो महाधिवेशनको कार्यतालिका

208
shares

निवर्तमान सभापति शेरबहादुर देउवा समूहको नेपाली कांग्रेसले पार्टीको १५ औं महाधिवेशन गर्नेबारे निर्वाचन आयोगलाई जानकारी गराएको छ ।

देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा बुझाइएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंगलबार पत्र प्राप्त भएको पुष्टि गर्दै पत्रमा असोज १५ गतेदेखि वडा अधिवेशन शुरू गरी मंसिर २१ गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने विवरण उल्लेख रहेको जानकारी दिए ।‘हामीले अधिवेशन गर्दै छौं भनेर पत्र आएको छ,’ प्रवक्ता भट्टराईले भने, ‘पत्रमा महाधिवेशनको तिथिमितिसहितका विवरण खुलाइएको छ ।’

देउवा समूहले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी छ । त्यसपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

नेपाली कांग्रेसभित्र समानान्तर रूपमा फरक–फरक महाधिवेशन प्रक्रिया अघि बढिरहेको छ । गगन थापा नेतृत्वको कांग्रेसले यसअघि असोज १६ देखि १९ गतेसम्म १५ औं केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, महाधिवेशनको कार्यतालिका २ दिन पर सारिएको छ । १८ असोजबाट केन्द्रीय महाधिवेशन गर्ने कांग्रेस संस्थापनको तयारी छ ।

इतरपक्षले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा १५ औं महाधिवेशन तयारी समिति गठन गरी विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधिसमेत खटाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports