अध्यक्ष ओलीद्वारा नेता बस्नेतको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण
वि.सं.२०८३ असोज १५ बिहीवार १०:२४
shares

काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनका नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
क्यान्सरबाट पीडित बस्नेतको बुधबार निधन भएको थियो । उनी एमालेका तर्फबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।बस्नेत २०४८ को आमनिर्वाचनमा सङ्खुवासभा–२ र २०५६ मा भोजपुर–१ बाट निर्वाचित भएका थिए ।







































