linktrix Long Ad
Salt Trading Long Ad

फिफा विश्वकप फुटबल–२०२६ को छनोट खेलमा नेपालले यूएईको सामना गर्दै

806
shares

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को छनोट खेलमा नेपालले बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्दैछ । नेपाल र युएईबिचको खेल साउदी अरेबियामा नेपाली समय अनुसार, राति ९ः४५ बजे सुरु हुनेछ ।

नेपालले घरेलु मैदानमा खेल्नु पर्ने खेल पनि ‘न्यूट्रल भेन्यू’ मा खेल्न लागेको हो । केही समयअघि एसियाली फुटबल महासंघ (एएफसी) का प्राविधिकले दशरथ रंगशालाको निरीक्षण गरेका थिए । त्यसपछि उनीहरुले दशरथ रंगशालाको विषयमा आफ्नो प्रतिवेदन एएफसीमा बुझाएका थिए । सोही प्रतिवेदनका आधारमा एएफसीले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गर्दै दशरथ रंगशालाको अवस्था विश्वकप छनोट खेलका लागि उपयुक्त नरहेकाले त्यो खेल ‘न्यूट्रल भेन्यू’ मा खेल्नु पर्ने जानकारी गराएको थियो ।

सोही आधारमा नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल साउदी अरेबियामा खेल्न लागेको हो । नेपाल र यमनबिचको खेल पनि साउदी अरेबियामै खेलिने छ । एसियाली क्षेत्रको दोस्रो चरणको विश्वकप छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ । त्यो समूहमा रहेका चारवटै राष्ट्रले चार–चार खेल खेलिसकेका छन् । १२ अंकसहित यूएई पहिलो स्थानमा आसिन छ । नौ अंकसहित बहराइन दोस्रो स्थानमा छ । तीन अंक सहित यमन तेस्रो स्थानमा आसिन छ । नेपालले भने चारवटै खेलमा हार भोगेको छ ।

हालसम्म खेलिएको चार खेलमा नेपाली टोलीले एक गोल पनि गर्न सकेको छैन भने १४ गोल खाएको छ । नेपाली टोली यसअघि यूएईसँग ४–० गोल र यमनसँग २–० गोलले पराजित भएको थियो । नेपालले बहराइनसँग भने क्रमशः ५–० गोल र ३–० गोलले हार भोगेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports