टी–२० विश्वकप : अष्ट्रेलियाले इंग्ल्यान्डलाई ३६ रनले हरायो
वि.सं.२०८१ जेठ २७ आइतवार ०७:२८
shares
BRIDGETOWN, BARBADOS - JUNE 08: Travis Head of Australia hits a six during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between Australia and England at Kensington Oval on June 08, 2024 in Bridgetown, Barbados. (Photo by Gareth Copley/Getty Images)
काठमाडौं – उपाधि दाबेदार अष्ट्रेलियाले उत्कृष्ट ब्याटिङमा आईसीसी टी–२० विश्वकप २०२४ मा साविक विजेता इंग्ल्यान्डलाई ३६ रनले हराएको छ । अष्ट्रेलिया लगातार दोस्रो जितका साथ समूह बी मा शीर्ष स्थानमा रहँदै सुपर–८ सम्भावना लगभग पक्कापक्की गरेको छ ।
२०२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाउन सक्यो । कप्तान जस बटलरले २८ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ४२ रन बनाए । फिल साल्टले २३ बलमा ४ चौका र २ छक्का सहित ३७ रन जोडे ।टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै २०१ रन बनाएको थियो । ओपनर डेविड वार्नरले १६ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ३९ रन बनाए । ट्रविस हेड १८ बलमा २ चौका र ३ छक्कासहित ३४, ग्लेन म्याक्सवेल २८, मार्कस स्टोइनिस ३०, टिम डेविड ११ र म्याथ्यु वेडले १७ रन बनाए । कप्तान मिचेल मार्शले २५ बलमा २ चौका र २ छक्का सहित ३५ रन जोडे ।






































