linktrix Long Ad
Salt Trading Long Ad

एमसीसी सम्झौता अनुमोदन गर्नु गम्भीर त्रुटि : झलनाथ खनाल

923
shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का  नेता झलनाथ खनालले एमसीसी सम्झौता अनुमोदन गर्नु गम्भीर त्रुटि (ब्लन्डर) भएको बताएका छन् । आइतबार काठमाडौँमा ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले एमसीसी अनुमोदन नेपालको कम्युनिस्ट आन्दोलनकै ब्लन्डर भएको टिप्पणी गरेका हुन् ।

‘हाम्रो देशको राष्ट्रियता माथि खतराहरू बढिरहेका छन् । साम्राज्यवादी र प्रभुत्ववादी शक्तिहरू अनेकन् प्रकारले घुसपैठ गरिरहेका छन् । त्यो घुसपैठका विरुद्ध नेपाली जनतालाई देशभक्तिपूर्ण भावनाबाट हर बेलामा उठाउनुपर्छ’, खनालले भने, हामी यसरी हिँड्ने क्रममा यो एमसीसी सम्झौतालाई अनुमोदन गर्ने जुन काम गर्‍यौँ त्यो हाम्रोतर्फबाट भएको बलण्डर हो ।’ उनले एमसीसी अनुमोदन नेपालको कम्युनिस्ट आन्दोलनकै बलण्डर भएको र एमसीसी अनुमोदन गर्ने नेताहरूले त्यसको फल प्राप्त गर्नुपर्ने पनि बताए । ‘जुन जुन नेताहरूले त्यो कामहरू गरे उनीहरुले फल प्राप्त गर्नुपर्ने स्थिति हुन्छ’, खनालको भनाइ छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा २०७८ फागुन १५ गते एमसीसी संसद्‌बाट अनुमोदन भएको थियो । त्यसमा नेपालका प्रमुख कम्युनिस्ट पार्टीहरूले साथ दिएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports