linktrix Long Ad
Salt Trading Long Ad

अध्यादेश ल्याएर पार्टीलाई सिध्याउन खोजिएको माधव नेपालको दाबी

689
shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन खोजिएको दाबी गरेका छन् ।आइतबार पार्टीले आयोजना गरेको समाजवादी कार्यदिशाबारे प्रवचन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कम्युनिस्टहरूले नै आफ्नो पार्टी सिध्याउन खोजेको दाबी गरेका हुन् ।

उनले एउटा अध्यादेश ल्याएर जसपापछि एकीकृत समाजवादीलाई स्वतन्त्रको हैसियतमा सांसदहरूलाई पुर्‍याएर सिध्याउन खोजिएको दाबी गरे ।‘कम्युनिस्ट भनौदाहरु नै कम्युनिस्टलाई सिध्याउन चाहिरहेका छन् । तपाईहरुलाई थाहा छ कि छैन ?’, प्रश्न गर्दै नेपालले भने, ‘एउटा अध्यादेश ल्याएर हाम्रो पार्टीलाई हैसियतमा पुर्‍याएर यो पार्टीका मान्छेलाई जहाँ पनि जान दिने ? जसरी जसपालाई पुर्‍याउने काम भयो, दोस्रो तारो हामी बनेका हौँ । यो यथार्थ बुझेनौँ भने हाम्रो गफले मात्र केही हुनेवाला छैन,’ उनले कुराले चिउरा नबुझ्ने भन्दै यथार्थलाई बुझेर अघि बढ्नुपर्ने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports