विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इरानमाथि थप आक्रमण गर्नबाट पछि हटे ट्रम्प

715
shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा ठूलो बम आक्रमण गर्ने र प्रमुख तेल निर्यात केन्द्र खार्ग टापु कब्जा गर्ने धम्की दिएको केही घण्टापछि बिहीबार राति इरानविरुद्ध योजनाबद्ध हवाई आक्रमण र बम विष्फोट रद्द गरिएको बताएका छन् ।

ट्रम्पले इरानसँगको अमेरिकी वार्ता उच्चस्तरमा पुगेकाले अहिलेका लागि हवाई आक्रमण र बम विष्फोट रद्द गरिएको बताए ।ट्रुथ सोशलमा लेख्दै उनले वार्ता र बुँदाहरूमा सम्बन्धित सबै पक्ष सहमत भएका दाबी गरेका छन् । उनका अनुसार सम्झौता अन्तिम नभएसम्म नौसेना नाकाबन्दी पूर्ण रूपमा लागू रहनेछ ।

यसअघि ट्रम्पले अमेरिकाले आज राति इरानमाथि ठूलो आक्रमण गर्ने घोषणा गरेका थिए ।इरानको नौसेना, वायुसेना, राडार, विमान विरोधी र सबै प्रतिरक्षा प्रणालीहरू, साथै यसको अधिकांश हमला क्षमताहरू नष्ट भइसकेको ट्रम्पको दाबी छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports