विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कष्टकर जीवन विताउन सुकुम्बासी बाध्य, सरकारले आफ्नो बचन पूरा गरेन !

884
shares

 

काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौले वैशाख ११ गते सुकुम्बासीका घर टहराहरुमाथि डोजर चलाउँदै टहराहरु खाली गराउन निर्देशन दिने क्रममा प्रमाणित भूमिहीनका लागि १०÷१५ दिनभित्र उचित व्यवस्थापन गर्ने व्यवस्था भइरहेको बताएको थियो । तर डोजर चलाएर टहरा भत्काएको करिब ५० दिन पुग्दा पनि अहिलेसम्म खाने बस्ने व्यवस्था बाहेक सरकारले कुनै ठोस योजना ल्याउन सकेको छैन ।
प्रधानमन्त्री बालने काठमाडौ महानगरको मेयर हुँदा नै उनले सुकुम्बासी बस्तीहरु हटाउने योजना बनाएका थिए । तर त्यसबेला उनले तत्कालिन सरकारले आवश्यक सहयोग नगरेको बताउँदै आएका थिए । अहिले तिनै बालेन प्रधानमन्त्री रहेका छन् भने उनैको निर्देशनमा सुकुम्बासी बस्तीहरुमा डोजर चलाइएको थियो ।
अहिले सरकारले नै व्यवस्था गरेको खाने, बस्ने ठाउँमा सरकारी कर्मचारीहरु जग्गा बारे बुझ्ने गरेका छन् । उनीहरुको मुलुकभरमै कहिँकतै जग्गा जमिन छ÷छैन भनेर उनीहरु सुकुम्बासीहरुसँग सोधपुछ गरिरहेका छन् भने अहिले वैँक खाता खोल्न सुकुम्बासीहरुलाई निर्देशन दिँदै आएका छन् । सुकुम्बासीहरुले आफ्नो व्यवस्था कहिले हुन्छ भनेर सोध्दा कोही बोल्न तयार नरहेको सुकुम्बासीहरुले बताएका छन् । घर टहरा भत्काउँदा १० देखि १५ दिनसम्म उचित व्यवस्थापन हुन नसकेको हुनाले सुकुम्बासीहरुले कष्टकर जीवन विताउनु परेको छ ।
प्रधानमन्त्री बालेन साहले १७ गते जेष्ठमा संसदमा बोल्दै ३५ वषसम्म हुन नसकेको व्यवथापन ३५ मिनेटमै नखोज्न सुकुम्बासी र सांसदहरुलाई आग्रह गरेका थिए । उनले सुकुम्बासीहरुलाई जग्गा दिने र बसोबासका लागि समय लाग्ने बताएका थिए । जनताका समस्या साधान गर्ने थलो संसदमै प्रधानमन्त्री साहले अनिश्चित कुरा गरेका हुनाले सुकुम्बासीको व्यवस्थापन अनिश्चित जस्तै भएको छ । सरकारले काठमाडौ, भक्तपुर र काभ्रेमा गरी ७ ठाउँमा होल्डिङ सेन्टर खोलेर सुकुम्बासीलाई राखेको छ । बालाजुस्थित माछापोखरीको लगभग ८४ घरका २ सय ९४, राधास्वामी आश्रम किर्तिपुरमा ६५ घरका ७ सय ७७, भक्तपुरको खरिपाटीको विद्युत प्राधिकरणमा ९९ घरमा ३ सय ५५ जनालाई राखेको छ भने भक्तपुरको बोडेको कृषि विकास बैँकको तालिम केन्द्रमा २४ घरका १ सय ५५, नगरकोटस्थित खानेपानी तालिम केन्द्रमा २१ घरका ८०, बनेपाको रेडक्रस ४४ घरका २ सय ९५ इचंगुनारायण अपार्टमेन्टमा ४७ घरका ७२ जनालाई कष्टकर अवस्थामा राखेको छ । सरकारको तथ्याँक अनुसार हालसम्म ३ सय ८४ घरका १ हजार ४८८ जना होल्डिङ सेन्टरमा राखिएको छ । वर्षाको याममा सरकार आफैँले सुकुम्बासी बस्तीमा डोजर चलाएर सुकुम्बासीलाई कष्टकर जीवन विताउन बाध्य पारेको आरोप सरकारमाथि लागेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports