linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री बालेनमाथि संकट थपिँदै

676
shares

 

काठमाडौ । गत हप्ता रास्वपाका सभापति रवि लामिछानेको सम्पन्न भएको भारत भ्रमणलाई लिएर अनेक प्रकारका चर्चा परिचर्चा सुरु भएका छन् । रविलाई भारतले गरेको उच्चस्तरीय स्वागत र भारतीय प्रधानमन्त्रीसहितका अन्य नेताहरुले रविसँग गरेको भेटघाटलाई अहिले नै अनेक अर्थ लगाउनु निकै छिटो हुनसक्छ । प्रधानमन्त्री बालेन साहले भारतीय विदेश सचिवलाई भेट्न अस्वीकार गरेको हुनाले उनको नेपाल भ्रमण नै स्थगित गरेका थिए ।

प्रधानमन्त्री बालेन साहले आफू सरह प्रधानमन्त्री भन्दा तलका व्यक्तिसँग भेटघाट नगर्ने उद्घोष गरेपछि भारत साहसँग असन्तुष्ट रहेको छ । ठीक त्यही बेला भारतले रास्वपाका सभापति रवि लामिछानेलाई भारत भ्रमणको निम्ता दिएर भारत भ्रमण गराउनुको रणनीति के हुन सक्छ ? रवि सभापति रहेको पार्टीका वरिष्ठ नेता बालेन साह भएपनि पार्टीमा वरिष्ठ नेताको कुनै हैसियत रहेको देखिँदैन ।

रवि भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित गृहमन्त्री, विदेशमन्त्री र भारतीय जनता पार्टीका अध्यक्ष सहितका व्यक्तिहरुले लामिछानेसँग भेटघाट गरेका हुनाले भारत रास्वपाभित्र खेल्न चाहन्छ भने चर्चा समेत चल्न थालेको छ । भारतीयहरुले नेपाली राजनीतिक र सरकारमाथि नै खेल्न चाहान्छ भने दिल्लीले जसरी भएपनि आफ्नो स्वार्थ पूरा गर्न जस्तोसुकै हथकण्डा अपनाउन पछि पर्दैन भने मान्यता नेपाली जनतामा परेको छ ।

जेष्ठ १७ गते प्रधानमन्त्री बालेन साहले संसदको रोष्ट्रममा उभिएर भारतले मात्र होइन नेपालले समेत भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री साह विवादको घेरामा परेका छन् । संसदमा बोल्दै उनले लिम्पियाधुरा, कालापानी र लिपुलेकको सम्बन्धमा भारतसँग मात्र होइन बेलायतसँग समेत वार्ता गर्ने र प्रमाण भेटाउने अभिव्यक्ति दिएका थिए ।
रवि लामिछानेको भारत भ्रमणको बेला भारतले नेपाल भारत सीमाको विवादमा तेस्रो पक्षका संलग्नता अस्वीकार गर्ने उद्घोष गरेको छ । त्यस विषयमा रविले कुनै प्रतिक्रिया जनाएका छैनन् । सरकारका मन्त्रीहरु रास्वपाको विदेश नीति भनेकै सरकारकै नीति हो सरकारले जे निर्णय गर्दछ त्यही नीति रास्वपाको हो भन्ने अभिव्यक्ति दिन थालेका हुनाले त्यसमा समेत विवाद उत्पन्न भएको छ ।
काठमाडौ र दिल्लीबीचमा पछिल्ला घटनाक्रमले द्विपक्षीय सम्बन्ध अन्यौलको चरणमा प्रवेश गरेको जस्तो देखिएको छ । भारतका नेपालका लागि राजदूत नविन श्रीवास्त र प्रधानमन्त्री बालेन साहबीच भेटघाट नहुनु प्रोटोकलको कारण देखाएर भारतीय विदेश सचिव विक्रम मिश्रीलाई भेट्न अस्वीकार गरेको घटनाले प्रधानमन्त्री बालेन साह र भारतबीचको सम्बन्ध ठिक ढँगले अघि बढ्न नसकेको प्रष्ट हुँदा गएको बेला प्रधानमन्त्री साहले गत हप्ता संसदमा नेपाल भारतीचको सीमा विवादका विषयमा दिएका अभिव्यक्तिले परिस्थितिलाई जटिल अवस्थामा पु¥याई दिएको हुनाले नै भारतले बालेनको विकल्पमा रविलाई प्रयोग गर्न सक्ने सम्भावना बढेर गएको छ ।
कालापानी, लिम्पियाधुरा र लिपुलेकको लामो समय देखिको विवादको समाधान गर्ने उदेश्यले बालेन सरकारले व्रिटिस इण्डियाकालका कागजात, नक्सा र अन्य प्रमाण खोज्न बेलायती दुतावासलाई सम्पर्क गरेको घटनाले नेपाल भारत सम्बन्धलाई थप अनिश्चिततातर्फ धकेदिएको छ । यस्तो परिस्थिति रहेका बेला लामिछानेले भाजपा र सरकारबाट पाएको स्वागत र भेटघाट उच्चस्तरीय दक्षिण एसियाकै नेताहरुका लागि विरलै प्राप्त हुन्छ ।

दुई दिनमै प्रधानमन्त्री मोदी गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, प्रधानमन्त्री मोदीका सल्लाहकार अजित डोभल, भारतीय जनता पार्टीका अध्यक्ष नितिन नविन जस्ता शिर्ष अधिकारीहरुसँग भेटघाट हुनु संयोगमात्र होइन । रवि सत्ताधारी पार्टीका सभापति हुन् तर मोदीसँगको भेटघाटमा प्रतिनिधिसभाको बैठक जस्तै देखिएकोले भारतमा केही पाक्दै गरेको जस्तो देखिन्छ । त्यही कारणले गर्दा बालेन साहमाथि संकट आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports