linktrix Long Ad
Salt Trading Long Ad

बागमती प्रदेशको निति आयोगमा को-को नियुक्त भए ?

689
shares

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गंगादत्त नेपाल नियुक्त भएका छ्न् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको हो ।

खानेपानी सरसफाइ तथा जलवायु परिवर्तनका विज्ञसमेत रहेका सिन्धुपाल्चोक हेलम्बुका नेपाललाई रिक्त रहेको उपाध्यक्ष पदमा नियुक्त गरिएको हो ।खानेपानी तथा जलवायु सम्बन्धमा पिएचडी गरेका नेपालले २१ वर्ष सरकारी कर्मचारीको रुपमा काम गरेको पनि अनुभव छ ।

सरकारले आयोगको सदस्यमा काठमाडौँका दीपेन्द्र श्रेष्ठ र काभ्रेका गुणराज मोक्तान नियुक्त गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports