linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री ओलीलाई सरकारको न्यूनतम साझा कार्यक्रम आज बुझाईने

1.09K
shares

काठमाडौं। सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु सम्मिलित मस्यौदा समितिले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेको छ ।

सरकार सञ्चालनका लागि सत्तारुढ दलहरुले न्यूनतम साझा कार्यक्रम तयार पार्न केही दिन अगाडि मस्यौदा कार्यदल गठन गरेको थियो । कांग्रेस महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत र एमालेबाट उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेको हो । महामन्त्री थापाका अनुसार तयार भएको मस्यौदा आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यक्रम छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports