linktrix Long Ad
Salt Trading Long Ad

भिड जम्मा गरेर न्याय प्रभावित नपार्न रास्वपालाई सत्तारूढ दलहरूको चेतावनी

585
shares

काठमाडौँ । सत्तारुढ दलले सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान भइरहेका बेला भिड जम्मा गरेर न्यायिक निरूपणमा बाधा नपुर्‍याउन चेतावनी दिएका छन् । त्यस्तै उनीहरुले रास्वपाको पछिल्लो गतिविधिले लोकतन्त्रलाई डिरेल गर्ने खतरा बढेकाे भन्दै संविधान र कानुनको पालना गर्न आग्रह गरेका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकपछि एमाले महासचिव शङ्कर पोखरेलले संसदमा सबैको सहमतिमा पारित प्रतिवेदन सरकारले कार्यान्वयनका लागि अघि बढाएको अवस्थामा रास्वपा नेता कार्यकर्ताहरूले भीड जम्मा गरेर प्रदर्शन या आन्दोलन गर्नु उचित नभएको पनि सत्तारुढ दलको निष्कर्ष निकालेको बताए । ‘स्वभाविक रुपमा छानविन र न्यायिक निरुपणको आफ्नो विधि प्रक्रिया हुन्छ’, महासचिव पोखरेलले भने, ‘ छानविन अघि बढिरहेका बेलामा सडकमा भीड जम्मा छानविन प्रक्रियालाई प्रभावित गर्ने र अदालतलाई समेत प्रभावित गर्ने गतिविधि लोकतान्त्रिक दृष्टिकोणले पनि उचित हुदैन ।’

उनले नेपालको लोकतान्त्रिक प्रक्रियामा यस्तो गलत प्रक्रिया कहिल्यै प्रयोग नभएको भन्दै नयाँ भनिएका राजनीतिक दल त्यसमा पनि रास्वपाले जुन प्रकारको संस्कार प्रस्तुत गरेको छ त्यसले लोकतन्त्रलाई डिरेल बनाउने खतरा रहने बताए । उनले छानबिन प्रक्रियामा सत्तापक्षको कुनै आग्रह नरहेको भन्दै अदालतले सबैका कुरा सुनेर निष्कर्ष दिनेमा आफू विश्वस्त रहेको भन्दै रास्वपाको गतिविधिविरुद्ध सत्तारुढ सबै दलले आ-आफ्नो तर्फबाट वक्तव्य दिने समझदारी समेत भएको जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports