सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बीआरआईमा सहमति खोज्दै कांग्रेस–एमाले

520
shares

 

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले चिनियाँ सहयोग परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी कार्यक्रम कार्यान्वयनमा सहमतिको चरणमा पुगेको छ ।
बीआरआई कार्यान्वयन योजनामा चीनले प्रस्ताव गरेको मस्यौदालाई समीक्षा गरी नेपालले प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रुप दिने तयारी अनुसार दुई दलका नेताहरुको संयुक्त बैठक बुधबार बेलुका बसेको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ‘बीआरआई कोअपरेसन फ्रेमवर्क’ तयार गर्ने र त्यसलाई दीर्घकालीन राष्ट्रिय नीतिको रुपमा अवलम्बन गर्नेबारे नेताहरुबीच छलफल भएको थियो । बैठकमा ठोस निर्णय भएको छैन तर नेताहरुले छलफल सकारात्मक भएको र सहमति नजिक पुगेको दाबी गरिरहेका छन् ।
छलफलका विषयलाई दस्ताबेजीकरण गर्न र फ्रेमवर्कको मस्यौदा बनाउन दुवै दलका नेता सम्मिलित कार्यदल गठन गरिएको छ । कार्यदलमा एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा र नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा छन् । कार्यदललाई विज्ञको सुझावका आधारमा मस्यौदा तयार गर्ने जिम्मा दिइएको बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।

यसअघि यही कार्यदलले बीआरआई कार्यान्वयन योजनाबारे अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक चीन भ्रमणमा जाँदै गर्दा बीआरआई कार्यान्वयन गर्ने कि नगर्ने भन्नेबारे सत्ता साझेदार कांग्रेस र एमालेबीच एकमत हुन सकेको छैन ।
कांग्रेसले बीआरआईको रुपमा ऋण स्वीकार्न नसकिने जनाएको छ भने एमाले कार्यान्वयनमा जानुपर्ने पक्षमा छ । त्यसैले कांग्रेसको मतलाई समेत सम्बोधन गर्ने गरी साझा धारणा बनाउने प्रयास दुई दलका नेताहरु छलफलमा बसेका हुन् । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सहभागी थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports