पोखरामा रवि लामिछाने पक्षका कानुन व्यवसायीहरूको बहस सकियो
वि.सं.२०८१ पुस २३ मंगलवार १६:३६
shares

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतर्फका कानून व्यवसायीको बहस सकिएको छ ।
हिजोदेखि सुरू भएको बहस आज सकिएको हो । आज अधिवक्ता नारायण घिमिरेले रविको पक्षमा बहस सुरू गरेका थिए । अब भोलि सरकारी वकिलहरूले प्रतिउत्तर दिनेछन् । न्यायाधीस नीतिज राईको इजलासमा बहस भइरहेको हो ।






































