कोशी प्रदेशको लगानी सम्मेलन सर्यो
वि.सं.२०८१ पुस २४ बुधवार १७:१८
shares

विराटनगर । कोशी प्रदेश सरकारले पहिलो पटक गर्न लागेको लगानी सम्मेलनको मिति सरेको छ । लगानी सम्मेलन निर्देशक समितिको बैठकले आवश्यक तयारी पूरा नभएको भन्दै बैशाखमा गर्ने गरी लगानी सम्मेलन सारिएको हो ।
प्रदेश सरकारले माघ ११ गतेदेखि तीन दिन विराटनगरमा कोशी प्रदेश लगानी सम्मेलन गर्ने तयारी गरेको थियो । लगानी सम्मेलन व्यवस्थापनको तयारी नपुगेकाले लगानी सम्मेलनको मिति सारिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले बताए ।
उनले आवश्यक व्यवस्थापन पूरा नभएकाले लगानी सम्मेलनको मिति सार्नुपरेको जानकारी दिए । एकदुई दिनभित्र नयाँ मितिका बारेमा निर्णय हुने उनको भनाइ छ ।



































