linktrix Long Ad
Salt Trading Long Ad

नयाँ बर्ष वा गणतन्त्र दिवसमा बिभूषण घोषणाको तयारी गृह मन्त्रालयले माग्यो आवेदन

949
shares

यो वर्ष सरकारले नयाँ वर्ष (वैशाख १) वा गणतन्त्र दिवस (जेठ १५)मा विभूषण घोषणा गर्ने भएको छ । विभूषण सिफारिस समितिले हालै मापदण्ड संशोधन गर्दै घोषणाको मिति हेरफेर गरेको हो।

यसअघि असोज ३ गते संविधान दिवसको अवसरमा घोषणा गरी नयाँ वर्षमा सुशोभन हुने गरेको थियो । यसपटक सुशाेभन हुने मिति भने तोकिएको छैन । कुनै राष्ट्रिय दिवस पारेर सुशोभन गरिने मापदण्डमा उल्लेख छ ।

मापदण्ड संशोधन गरेसँगै गृह मन्त्रालयले विभूषणका लागि सिफारिस माग गरेको छ । गत १८ पुसमा सूचना प्रकाशन गरी गृहले आफूले गरेको योगदारको आधार प्रमाणसहित सम्बन्धित प्रदेश सरकार, स्थानीय तह वा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग ३५ दिनभित्र फारम भरेर बुझाउन भनिएको छ । मापदण्डअनुसार चैत मसान्तभित्र मन्त्रिपरिषदमा समितिले विभूषण पाउनेहरूको सिफारिस गरिसक्नुपर्नेछ । भ्याएसम्म नयाँ वर्षमै विभूषणको निर्णय हुने गृह मन्त्रालयका एक अधिकारीले बताए ।

विकृतिका कारण विवादित बनेपछि दुई वर्षदेखि विभूषण घोषणा रोकिँदै आएको छ । गत १० पुसमा बसेकोे विभूषण सिफारिस समितिले विभूषण सिफारिस कार्यविधि तथा एवं प्रदानसम्बन्धी मापदण्ड २०७५ लाई संशोधन गरी छनोट प्रक्रिया अघि बढाएको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports