२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अध्यादेशको बचाउँ गर्न एमाले सासदहरूलाई निर्देशन

1.22K
shares

काठमाडौँ । नेकपा एमालेले सरकारले ल्याएको अध्यादेशको संसदमा प्रतिरक्षा गर्न आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको छ । बुधबार संसद् भवन नयाँ बानेश्वरमा एमाले संसदीय दलले विज्ञहरूसमेतलाई बोलाएर अध्यादेशको औचित्यमाथि प्रस्ट पार्दै सांसदहरूलाई प्रशिक्षण दिएको हो ।

सरकारले ल्याएको अध्यादेशको महत्वका बारेमा सांसदहरूलाई जानकारी गराएको र सदनमा थप सशक्त रूपमा धारणा राख्ने गरि अघि बढ्न प्रशिक्षणको आयोजना गरिएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए । मुलुकको आर्थिक समृद्धिका साथै सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउनका लागि सरकारले अध्यादेश ल्याए पनि विपक्षी दलले अध्यादेशका नाममा सरकारलाई हिलो छ्याप्ने काम गरेकाले आफ्ना सांसदहरूलाई अध्यादेशका बारेमा जानकारी गराइएको उनको भनाई छ ।

संवैधानिक दायराभित्र रहेर ल्याइएको अध्यादेशलाई माघ १८ गते सदनमा पेस गर्ने र प्रतिस्थापन विधेयकमार्फत व्यवस्थित रूपमा अघि बढाउन सरकारलाई सुझाव समेत दिइएको प्रमुख सचेतक बर्तौलाले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports