२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने पक्का

143
shares

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने पक्का भएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री बालेनसँग बिदाइ भेट गर्दै उनको भारत भ्रमणको मिति तय गरेका हुन् । श्रीवास्तव चार वर्ष तीन महिना कार्यकाल सकेर बिहीबार नयाँ दिल्ली फर्किँदैछन् ।

स्वदेश फर्किनुअघि श्रीवास्तवले प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति प्रस्ताव गरेका हुन् । प्रधानमन्त्री शाह मंसिर पहिलो साता भारत भ्रमण गर्ने तय भइसकेको छ । प्रधानमन्त्री शाह ७ र ८ मंसिरमा भारत जाने तय गरेर श्रीवास्तवको कार्यकाल सकिएको हो । राजदूत नयाँ दिल्ली पुगेपछि मंसिर ७ र ८ गतेको मिति प्रस्ताव गर्ने र त्यसलाई भारत सरकारले औपचारिकता दिएपछि दुवै देशका विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्ने बताइएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले पनि प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports