२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रवि लामिछाने विरुद्धको मुद्दामा आज पनि बहस हुने

858
shares

काठमाडौँ । बुटवल स्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ । रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबारदेखि बहस चलिरहेको छ ।

बिहीबार थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको थियो । पीडित पक्षको दुई वकिलको बहस भने बाँकी रहेको छ ।रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार गोविन्द ज्ञवालीले आज पीडित र रविका तर्फबाट बहस हुने बताए । लामिछानेलाई शुक्रबार १०ः३० बजे अदालतमा उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाइएको थियो ।सरकारी बहसमा जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए । उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपाने बहस गरेका छन् ।

आज सुरुमा जाहेरवाला तर्फका वकिलहरू वरिष्ठ अधिवक्ता । सुरेन्द्र भण्डारी र अधिवक्ता आर्सी गौतमले बहस गरेपछि लामिछानेका वकिलहरूले बहस गर्नेछन् ।लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहितका अधिवक्ताको बहस सकिएपछि सरकारी वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बहस गर्नेछन् ।त्यसपछि भने न्यायाधीशले थुनछेक आदेशमार्फत रवि पुर्पक्षका लागि थुनामा जाने, धरौटीमा रिहा हुने वा साधारण तारिखमा रिहा हुने आदेश सुनाउनेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports