linktrix Long Ad
Salt Trading Long Ad

२०८४ मंसिरमा सरकार परिवर्तन हुन्छ : प्रधानमन्त्री ओली

1.46K
shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनको सरकार २०८४ मङ्सिरमा हुने निर्वाचनपछि परिवर्तन हुने बताएका छन् ।

मङ्गलवार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतिपयले नेपाल श्रीलङ्काका बन्ने कुरा गरेको त कतिपयले बङ्गलादेशको कुरा गरे पनि त्यो सम्भावना नरहेको बताए । उनले लोकतान्त्रिक र संवैधानिक व्यवस्था बाहेकका गतिविधि अस्वीकार्य हुने भन्दै लोकतान्त्रिक मूल्य मान्यतामा सबै बस्नुपर्ने बताए ।

‘नेपालमा लोकतान्त्रिक र संवैधानिक व्यवस्था अन्तर्गत हुने सबै कुरा स्वीकार्य छ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यो बाहेक अरू प्रकारका प्रवृत्तिबाट अराजकताका बाटाबाट परिवर्तन सम्भव छैन, यसमा प्रस्ट हुनुपर्छ । ’उनले विरोधीहरूले वर्तमान सरकार आजै ढल्ने भोलि नै ढल्ने भनेर प्रचार गरे पनि त्यस्तो अवस्था नरहेको दाबी गरे ।

‘सरकार साँझ ढल्छ, राति नै ढल्छ । आज नढले भोलि नै सरकार ढल्छ, भोलि नभए पर्सि, नभए अर्को हप्ता नभए महिना भन्ने गरेका छन्’, उनले भने, ‘८४ मङ्सिरमा चुनाव हुन्छ अनि सरकार परिवर्तन हुन्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports