linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी सहयोग रोक्ने ट्रम्प प्रशासनको आदेश न्यायालयले रोक्यो

767
shares

काठमाडौं । एक अमेरिकी न्यायालयले राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अनुदानमाथि लगाएको प्रतिबन्धलाई अस्थायी रुपमा रोकेको छ । न्यायाधीशले संघीय अनुदान, ऋण तथा अन्य वित्तीय सहायता प्रभावित हुने गरी ट्रम्प प्रशासनले जारी गरेका आदेशमा अस्थायी रोक लगाएका हुन् ।

मंगलबार फण्डिङ रोक्ने ट्रम्प प्रशासनको आदेश लागू हुनु भन्दा पहिले न्यायाधीशको फैसला आएको बेलायती समाचार संस्था बीबीसीले उल्लेख गरेको छ ।आफ्नो पहिलो ब्रिफिङमा ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ‘अमेरिकी कर प्रणालीको उचित व्यवस्थापन’का लागि जरुरी रहेको भन्दै ट्रम्प प्रशासनद्वारा जारी आदेशको बचाउ गरिन् ।

उता, अमेरिकी सिनेटका डेमोक्रेटिक अल्पसंख्यक नेता चक शूमरले ट्रम्प प्रशासनको यो कदमले पारिश्रमिक र भाडा भुक्तानी प्रभावित भई अराजकता सिर्जना हुने प्रतिक्रिया दिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports