linktrix Long Ad
Salt Trading Long Ad

आज एकैदिन सुनको मूल्य १४०० सयले बढ्यो

819
shares

नेपाली बजारमा आज (बुधबार) पनि सुन–चाँदीको मूल्य बढेको छ।

मंगलबार प्रतितोला नौ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन एक हजार चार सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भएको थियो।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports