linktrix Long Ad
Salt Trading Long Ad

सुशासन र समृद्धि कायम गर्न सबै कटीबद्ध हुनुपर्छ : प्रधानमन्त्री ओली

767
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘स्टन्ट’ बाजीबाट देश नचल्ने बताएका छन् । उनले देश र राजनीतिसहित समाजका हरेक क्षेत्रमा सुधारको आवश्यकता रहेको भन्दै यस्तो बताएका हुन् ।

बुधबार नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित ‘पहिलो युवा कानुन व्यवसायी सम्मेलन, २०२५’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताप्रति इमानदारिता र बफादारीताका साथ सबैले आफ्नो कर्तव्य पूरा गरेर देशलाई भद्रगोलबाट मुक्त बनाउनुपर्ने बताए ।उनले राजनीतिक दलहरूको नेतृत्व र जनताको सहभागितामा लोकतन्त्र ल्याइएकाले अब शान्ति सुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै कटिबद्ध हुनुपर्नेमा जोड दिए ।प्रधानमन्त्री ओलीले सांसदहरूले कानुन बनाउँदा सार्वभौमसत्ता सम्पन्न जनताका तर्फबाट कानुन बनाउँदै छु भन्ने कुरा हेक्का राखेर काम गर्नुपर्ने र सरकारले म नै सबकुच हुँ भन्ने भ्रम पाल्न नहुने स्पष्ट गरे ।

‘संसद्ले न्यायपूर्ण कानुन बनाउनुपर्छ । सम्बन्धित निकायहरू त्यसअनुसार चल्नुपर्छ । सन्तुलन र नियन्त्रणको सिद्धान्तका साथै लोकतन्त्रमा आफै कानुनको पालना गर्ने अभ्यास अझ आवश्यक हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘देशप्रति साँच्चै इमानदार भएर सुशासनयुक्त, भ्रष्टाचारमुक्त, समृद्ध र सुखी नेपाली बनाउन सकियोस् भनेर सरकार लागिरहेको छ, यसमा कानुन व्यवसायीको सक्रिय साथ रहने मैले विश्वास लिएको छु ।’प्रधानमन्त्री ओलीले सम्मेलनका निष्कर्षहरू कार्यान्वयनका लागि सरकारबाट तर्फबाट प्रत्याभूति दिँदै युवा कानुन व्यवसायीले न्यूनतमभन्दा कम पारिश्रमिक पाउने अवस्था अन्त्य हुनुपर्ने बताए । अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिनिधिबाट पनि सम्बोधन गरिएको कार्यक्रममा युवा कानुन व्यवसायी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports