linktrix Long Ad
Salt Trading Long Ad

एपीएफले जित्यो एन्फा महिला लिग कपको उपाधि

715
shares

काठमाडौं । विभागीय टोली एपीएफले अपराजित रहँदै एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ ।

पहिलो पटक लिग, सुपर लिग हुँदै प्लेअफ फम्र्याटमा खेलाइएको महिला लिगको विभागीय डर्बी फाइनलमा बुधबार नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै एपीएफ बनेको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा एपीएफका लागि सविता राना मगरले दुई तथा सरु लिम्बू र अनु लामाले एक–एक गोल गरे ।

एपीएफ र पुलिस दुवैले क्वालिफायरमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनल पुगेको थियो । जहाँ एपीएफले आफ्नो च्याम्पियन छवि कायम राख्दै अपराजित रहेर लगातार चौथो पटक लिग जितेको हो ।लिगभर उत्कृष्ट प्रदर्शन गर्दै आएको एपीएफलाई पुलिसले पहिलो हाफमा गोलरहित बराबरूिमा रोकेपनि दोस्रो हाफमा भने एपीएफले ३ गोल गर्‍यो ।पहिलो हाफमा एपीएफले पुलिसमाथि दबाब बनाउँदै गोल गर्ने केही अवसर बनाएपनि फिनिसिङ राम्रो हुन सकेन । पुलिसले भने पहिलो हाफमा एपीएफको पोष्टमै बल पुर्‍याउन संघर्ष गर्नुपरेको थियो ।

यस सिजन महिला लिग एपीएफ र पुलिसबीच चौथो भेट हुँदा एपीएफ अपराजित रह्यो । एन्फा महिला लिगमा समग्रमा एपीएफ र पुलिस चौथो पटक खेलेका हुन् । जसमा पुलिस तीन खेफमा पराजित भयो भने एक खेल बराबरीमा सकिएको थियो ।पहिलो चरणमा पुलिसले एपीएफलाई गोलरहित बराबरीमा रोकेको थियो । तर सुपर लिगको दुवै खेलमा एपीएफ विजयी भएको थियो । सुपर लिगको पहिलो खेलमा एपीएफले पुलिसलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports